सिरहा, २२ जेठ । सिरहा प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको सुखिपुर नगरपालिका–६ रंगीपुर बस्ने १८ वर्षीय विवेक कुमार साह रहेका छन् ।

जिल्लाको औरही गाउँपालिका–१ गंगान पुलमा प्रहरी चौकी हर्कट्टी सिरहाबाट खटेको प्रहरी टोलीले साहलाई नियन्त्रणमा लिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।

प्रहरीको गस्ती टोलीले भारतीय नम्बर प्लेटको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्दा साहले बोकेको पोका पुलमुनी फालेकोमा पोकालाई खोेलेर हेर्दा सानो पेस्तोल १ थान र १ थान म्यागजिनसहित गोली ६ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।