विश्व वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकद्वारा वृक्षारोपण तथा सरसफाइ

जनकपुरधाम, २२ जेठ । सिद्धार्थ बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसरमा जनकपुरधाममा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिद्धार्थ बैंकको जनकपुरधामस्थित प्रदेश कार्यालय तथा जनकपुरधामभित्रको मिल्स एरिया, विद्यापती चोक र रामानन्द चोकस्थित तिनवटा शाखा तथा मालपोत कार्यालयस्थित एक्सटेन्सन काउन्टरले संयुक्तरुपमा राम मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले जनकपुरधामलाई सफा, सुन्दर र हरितमय बनाउन महाविर युवा कमिटीसँगको सहकार्यमा ५९ भन्दा बढि सौन्दर्यमुलक रुखहरु रोपेको बैंकका कर्मचारी कृष्ण गुप्तले जानकारी दिए ।

राम मन्दिर सरसफाइ प्रयोजनका लागि महाविर युवा कमिटिका अध्यक्ष्य वलराम साहलाई ७ वटा डस्टविनसमेत हस्तान्तरण गरिएको उनले बताए ।

सिद्धार्थ बैंकका प्रदेश प्रमुख रामजी बानिया एवम् शाखा प्रबन्धकहरु अर्ण बहादुर बलम्पाकी, अजय यादव र सुशान्त साहका साथै बैंकका ४० जना कर्मचारीहरुको अगुवाई तथा महाविर युवा कमिटीका अध्यक्ष वलराम साह एवम् युवाहरुको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

संयुक्त राष्ट्रसंघको मुल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष “प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


