कच्चा पदार्थको भन्सार महसुल १ प्रतिशत कायम गर्न माग

काठमाडौं, २२ जेठ । नेपाल वनस्पति घ्यू तेल उद्योग उत्पादक संघले सरकारले बजेटमार्फत वृद्धि गरेको घ्यू तेल कच्चा पदार्थको भन्सार महसुल १ प्रतिशत कायम गर्न माग गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघले वर्तमान सरकारले बजेटमार्फत विगतमा घ्यू तेलको कच्चा पदार्थ आयातमा लाग्ने भन्सार शुल्क विगतकै कायम गर्न माग गरेको हो ।
संघका अध्यक्ष विकास दुगडले तेलको कच्चा पदार्थ आयातमा १ प्रतिशत रहेको भन्सार महसुललाई बजेटले १० प्रतिशत बनाउनु उपयुक्त नभएको बताए । उनले सरकारले तत्काल सच्याउनुपर्ने माग राखे । उनले भन्सार महसुल बढाउने सरकारको नीतिले २६ वटा घ्यू तेल उद्योग बन्द हुने अवस्था सिर्जना भएको बताए ।
उनले भारतबाट चोरी तस्करी भएर खाने तेल भित्रिने गरेको बताए । उनले नेपाली उद्योगले महँगो भन्सार तिरेर तस्करीको तेलसँग प्रतिस्पर्धा गर्न नसक्ने बताए । उनले भारत सरकारले कच्चा तेलको भन्सार महसुल घटाएको अवस्थामा नेपाल सरकारले कच्चा तेलको भन्सार बढाउनु उपयुक्त नभएको पनि बताए ।
त्यस्तै, नेपाल परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले घ्यू तेल उद्योगलाई सरकारले प्रमुख प्राथमिकता दिनुपर्ने बताए । उनले सरकारले घ्यू तेल उद्योगले राज्यलाई बुझाएको राजश्वको मूल्याङ्कन गर्न नसकेको बताए । उनले भन्सार महसुल वृद्धिको कारण पनि निर्यात बढ्न नसकेको बताए । उनले सरकारले घ्यू तेल उद्योगलाई पनि प्राथमिकता दिएर भन्सार महसुलमा बढाउन नहुने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


