एमालेसम्बद्ध २३ जनवर्गीय संगठनद्वारा विरोध प्रदर्शन

काठमाडौं, २२ जेठ । नेकपा एमालेसम्बद्ध २३ जनवर्गीय संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौंको माइतीघर मण्डलामा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । सरकार पक्षबाट जनघात, रास्ट्रघात भएको भन्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।
उनीहरुले रुाष्ट्रघात, अक्षम्य अपराध, असंवैधानिक नागरिकता विधेयक खारेज गर, भैँसीसँग मुलुक बेच्न पाइँदैन, भैँसीसँग राष्ट्रियता साट्न पाइँदैन, बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गरलगायत प्लेकार्ड र नारासहित विरोध प्रदर्शन गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


