भूमि दर्ता रोक्का फुकुवा गर्न माग गर्दै विरोध प्रदर्शन

काठमाडौं, २२ जेठ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । सोमबार माइतीघर मण्डलामा उनीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले स्ववासीहरूको भूमि दर्ता रोक्का फुकुवा गर्न र लालपुर्जा दिने व्यवस्था गर्न माग गर्दै विरोध जनाएका हुन् ।
उनीहरूले मूलवासीहरूको भूमि अधिकार सुनिश्चित गर्, गरियो स्ववासीहरूको साम्पत्तिक हक हनन्, जग्गाधनी पुर्जा पाउन छिटो दर्ता खोल न ए सरकार, स्ववासीहरूको भूमि दर्ता फुकुवा गरलगायतका नारा र प्लेकार्ड बोकी विरोध प्रदर्शन गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


