सप्तरी, २२ जेठ । सप्तरीमा करेन्ट लागेर एक बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको रुपनी गाउँपालिका–१ नकटिराईपुर बस्ने ६० वर्षीय दुर्गा यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आफ्नै खेतमा तरकारी बारीमा पानी छर्किनलाई मोटरको तार जोडने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।