धनगढी, २१ जेठ । मादकपदार्थ सेवन गरेर आफ्नै घरमा आगो लगाएको आरोपमा धनगढीमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्ट छन् ।

दुई दिनअघि उनले घरको बीच कोठामा रातिको समयमा लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

आगोले कोठामा रहेको लत्ता कपडा, सोफसेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।

प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको थियो ।