प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं, २० जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । भारतको चारदिने भ्रमण सकेर शनिबार साँझ ६ बजे प्रधानमन्त्री प्रचण्डसहितको प्रतिनिधिमण्डल स्वदेश फर्किएको हो ।
प्रधानमन्त्री प्रचण्ड १७ जेठमा भारत भ्रमणमा गएका थिए । प्रधानमन्त्री नेपाल एयरलाइन्सको विमानमार्फत स्वदेश फर्किएका हुन् ।
भारतमा रहँदा प्रधानमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, उद्योगी व्यवसायी लगायत विभिन्न क्षेत्रका उच्च पदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड र भ्रमण दलका अन्य मन्त्रीहरूले मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वरको मन्दिरमा पूजाअर्चना पनि गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


