जनकपुरधाम, २० जेठ । नेपालको कुल जनसंख्याको ११.०५ प्रतिशतको मातृभाषा मैथिली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृभाषासम्बन्धी तथ्यांकअनुसार ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।

जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये ३२ लाख २२ हजार ३८९ जना अर्थात ११.०५ प्रतिशतको मातृभाषा मैथिली छ ।

मैथिलीभन्दा बढि नेपाली बोल्नेको संख्या १ करोड ३० लाख ८४ हजार ४५७ जना अर्थात ४४.८६ प्रतिशत रहेको छ । त्यस्तै, भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८ प्रतिशत, तामाङ ४.८८ प्रतिशत, बजिका ३.८९ प्रतिशत, अवधि २.९६ प्रतिशत, नेवारी २.९६ प्रतिशत र २.७८ प्रतिशतको मातृभाषा मगर धुत रहेको छ ।

जनगणनाअनुसार नेपालमा १२७ भाषाभाषी छन् ।

सबभन्दा कम कुसुण्डा भाषाका छन् । यो भाषा मातृभाषा हुनेको संख्या २३ जना मात्र छ । यस्तै बन्करिया मातृभाषा भएकाहरुको संख्या पािज ८६ मात्र रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ ।