विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला

विराटनगर, २० जेठ । मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापाल शौचालयमा जलिरहेको अवस्थामा फेला परेका छन् ।
शनिबार बिहान सुन्दरहरैँचा नगरपालिका–२ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकाल शौचालयमा जलिरहेको अवस्थामा भेटिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले मृगौलिया घर भएका ४० वर्षीय ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ः५० बजेतिर भेटिएका हुन् ।
उनी बिहानै विद्यालय जान्छु भनेर घरबाट हिँडेको खुलेको प्रहरीले बताएको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर छ ।
गम्भीर अवस्थाका ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


