विवेकशीलको प्रवक्तामा आशुतोष प्रधान

काठमाडौं, १९ जेठ । विवेकशील साझाले केन्द्रीय सदस्य आशुतोष प्रधानलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ ।
शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति वैठकले पर्यटन उद्यमी समेत रहेका नेता प्रधानलाई प्रवक्तामा नियुक्त गरेको कार्यालय व्यवस्थापन विभाग प्रमुख नवराज थापाले जारी गरेको विज्ञप्तिमा छ ।
त्रिभुवन विश्व विद्यालयमा ‘संस्कृति पर्यटन’ का पिएचडी स्कलर प्रधानले पार्टीको उद्यमशीलता विभागको नेतृत्व कुशलता पूर्व सम्पन्न गरिसकेको सो पाटीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


