जनकपुरधामलाई सुुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्न माग

जनकपुरधाम, १८ जेठ । जनकपुर नागरिक समाजले जनकपुरधामको सार्वजनिक क्षेत्रलाई सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्न जनकपुरधाम उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।
बिहीबार नागरिक समाजद्वारा धार्मिक, सांस्कृतिक एवम् सार्वजनिक सम्पत्ती सम्पदा संरक्षण अभियानस्वरुप ऊँ सनातन संस्कृतिको सक्रिय सहभागीतामा नगरप्रमुख मनोजकुमार साहलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमार्फत जानकी फुलबारी नापजाँच प्रतिवेदनको प्रभावकारी कार्यान्वयन एवम विद्यालय,देवालय,चिकित्सालय र पुस्तकालय जस्तो क्षेत्रमा गुटखा, चुरोट, मदिरा, पान बिडी जस्ता सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्नुपर्ने माग गरिएको छ ।
ज्ञापनपत्र बुझाउन ॐ सनातन संस्कृति, नेपालका राष्ट्रिय संयोजक राजु जयसवाल, जनकपुर नागरिक समाजका संयोजक मुरली मनोहर मिश्र, सम्राज नेपाली, रामकिशोर ठाकुर, राकेश जयसवाल, बिमलेश मण्डल, युवराज गौतम, मनोज यादव, मनोज कुमार चौधरी, बिनोद साह, चन्दन यादव, बेचन मण्डल, अनिल मण्डल, अनिल यादव, तेजनारायण साहलगायतकाहरु उपस्थित थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


