जनकपुरधाम, १८ जेठ । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामका सामुदायिक तथा संस्थागत विद्यालयहरु ८ दिनका लागि बन्द गरेको छ ।

उपमहानगरले अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजगर गर्दै १९ गतेदेखि २६ गतेसम्मका लागि विद्यालयका प्रशासनिक कामबाहेक पठनपाठन वन्द रहने निर्णय गरेको हो ।

विद्यालयमा दिइएको बिदालाई वर्षे बिदाबाट कट्टा हुने गरि बिदा दिन उपमहानगर अन्तर्गतका विद्यालयहरुलाई निर्देशन दिएको छ ।

विगत केहि दिनदेखि जनकपुरधाम लगायत मधेस प्रदेशमै गर्मी अत्यधिक बढेको छ । गर्मीका कारण बालबालिकाहरु मुर्छापर्ने समस्या बढिरहेको थियो ।