काठमाडौं, १८ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् ।

चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् ।

भारत नजिकको छिमेकी मात्रै नभएर व्यापारको समेत ठुलो साझेदार भएकाले प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्नुपर्ने भन्दै उनले निम्तो दिएका छन् ।

भारतीय प्रधानमन्त्री मोदीलाई स्वागत गर्न आफू हतारमा भएको प्रचण्डले बताए ।