पेट्रोलियम पाइपलाइन र भण्डारणका तीन परियोजना बनाउन नेपाल र भारतबीच समझदारी

काठमाडौं, १८ जेठ । नेपाल र भारतबीच दुईवटा पेट्रोलियम पाइपलाइन र पेट्रोलियम भण्डारणका तीन परियोजना बनाउन समझदारी भएको छ ।
समझदारीअनुसार भारतको सिलिगुडीदेखि नेपालको झापाको चारआलीसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।
यस्तै अमलेखगञ्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउन पनि दुई देशबीच समझदारी भएको हो ।
भारतले झापाको चारआलीमा पेट्रोलियम भण्डारण डिपो बनाउने छ । यी तीन परियोजनाको कुल लगानी १७ अर्ब रुपैयाँ भन्दा बढीको हुनेछ ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र उनका समकक्षी हर्दिप सिंह पुरीले हस्ताक्षर गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


