काठमाडौं, १८ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सीमा विवाद समस्याको समाधान गर्ने आश्वासन दिएका छन् ।

चारदिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले सीमासहित अन्य समस्याको समाधान आश्वासन दिएका हुन् ।

उनले दुई देशको सम्बन्धलाई हिमालय जति उचाई दिन काम गरिरहने पनि बताए । ‘यही भावनाले सबै मुद्दा, चाहे सीमाको होस् वा अरू सबैको समाधान गर्छौँ,’ मोदीले भने ।