काठमाडौं, १८ जेठ । भारतले नेपालसँग १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो घोषणा गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रचण्डको भारत भ्रमणका क्रममा दुई देशबीच यस्तो सहमति भएको हो ।

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालबाट १० हजार मेगावाट विजुली आयात गर्ने लक्ष्य राखेको बताए ।