नेपालका लागि छुट्यो कार्गो रेल, प्रधानमन्त्रीद्वयले गरे उद्घाटन

काठमाडौं, १८ जेठ । विराटनगरको एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल चल्ने भएको छ ।
चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेसँगै अब कार्गो रेल चल्ने भएको हो ।
विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालका अनुसार कार्गो रेल सेवा सञ्चालन भएपछि सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगमा कच्चा पदार्थको आयात र उत्पादित वस्तुको निर्यात कार्गो रेलबाट हुनेछ ।
निर्माण सुरु भएको १२ वर्षपछि बथनाहदेखि विराटनगर आईसीपीसम्मको साढे ७ किलोमिटर मात्रै रेलमार्ग सञ्चालनका लागि तयारी पूरा भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


