एकीकृत जाँच चौकीको दिल्लीबाट संयुक्त उद्घाटन

काठमाडौं, १८ जेठ । बाँकेको नेपालगन्जमा निर्माण सम्पन्न भएको एकीकृत जाँच चौकीको दिल्लीबाट नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेका छन् ।
बिहीबार दिउँसो हैदरावाद हाउसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकीकृत जाँच चौकीको संयुक्त उद्घाटन गरेका हुन् ।
भारत सरकारले बनाइदिएको जाँच चौकी नेपालगन्ज र भारतको रूपइडियामा अवस्थित छ । अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण पूर्वाधार भनिने एकीकृत जाँच चौकीमा नेपाल र भारत दुवैपट्टि एकै किसिमका पूर्वाधार हुनेछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


