काठमाडौं, १८ जेठ । चारदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाँकेमा निर्माण भएको नेपालगञ्ज सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटघाटपश्चात् दुबैजनाले संयुक्तरूपमा सो बन्दरगाहको उद्घाटन गरेका हुन् ।

दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्खाबन्दरगाह प्रवेश गरेका थिए ।

नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यलय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरूले स्वागत गरेका थिए ।