नागरिकता विधेयक प्रमाणीकरण भएकोमा जनकपुरधाममा कांग्रेसको खुसियाली

जनकपुरधाम, १७ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेकोमा नेपाली कांग्रेस धनुषाले स्वागत गरेको छ ।
राष्ट्रपति पौडेलले सो विधेयक प्रमाणीकरण गरेकोमा नेपाली कांग्रेस जनकपुरधाम नगर कार्यसमितिले खुशी व्यक्त गर्दै बुधबार साँझ जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरेको हो ।

नेपाली कांग्रेसका कार्यवाहक नगरसभापति राकेश विक्रम साहको अगुवाई एवम् पार्टीका नेता कार्यक्रताहरुको सक्रियतामा जानकी मन्दिर प्राङ्गणमा दीप प्रज्वलन गरिएको छ ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै नगरसभापति साहले राष्ट्रपति पौडेलले मधेसको मुल समस्याप्रति गम्भिरतापूर्वक ध्यान दिएर यो कदम चालेकोमा धन्यवाद दिए ।

साहले अब मधेसका नागरिकताविहीन युवायुवतीहरुको मुख्य समस्या समाधान भई उनीहरुको दैनिकीसमेत सहज हुने दाबी गरे ।
मन्त्रिपरिषद्को आग्रहअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ६१ र ६६ बमोजिम बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


