मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश

जनकपुरधाम, १७ जेठ । मधेस प्रदेशसभाको बुधबार बसेको बैठकमा मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पेश भएको छ ।
मुख्यमन्त्री सरोजकुमार यादवको तर्फबाट शिक्षा तथा समाज कल्याण मन्त्री महेशप्रसाद यादवले सो ऐन सभामा पेश गरेका हुन् ।
मन्त्री यादवले नेपालको संविधानको धारा २९५ को उपधार २ बमोजिम प्रदेशसभाको दुईतिहाई बहुमतबाट पारित भई प्रदेशको नामाकरण ‘मधेस प्रदेश’ कायम भएको र सभामुखबाट २०७८ माघ ३ गते प्रमाणीकरणसमेत भइसकेकोले ‘मधेस प्रदेश’ नामाकरण गर्नुभन्दा अघि सभाले बनाएको सम्पूर्ण ऐनमा ‘प्रदेश नम्बर २’ को सट्टा ‘मधेस प्रदेश’ शब्दाबली राख्न प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १०६ को उपनियम २ बमोजिम मधेस प्रदेशका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सभामा पेश गरेका छन् ।
सभामुख रामचन्द्र मण्डलले सदन चलिरहेको बेला मोबाइल प्रयोग नगर्न प्रदेशसभा सदस्यहरुलाई निर्देशन दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


