नयाँदिल्लीमा प्रधानमन्त्री प्रचण्डलाई विदेश राज्यमन्त्री मीनाक्षी लेखीले गरिन् स्वागत

काठमाडौं, १७ जेठ । बुधबार दिउँसो भारतको चारदिने औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नयाँदिल्ली पुगेका छन् ।

इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई विदेश तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन् ।
करिब १२० जना प्रतिनिधिमण्डललाई स्वागत गर्न नेपालका राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए ।

पछिल्लोपटक नेपालबाट गएका प्रधानमन्त्रीहरूलाई राज्यमन्त्रीले स्वागत गर्दै आइरहेका छन् ।
यसअघि शेरबहादुर देउवा भारत भ्रमणमा जाँदा पनि रक्षा तथा पर्यटन राज्यमन्त्री अजय भट्टले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


