भन्सार विभागको महानिर्देशकको जिम्मेवारी पौडेललाई

काठमाडौं, १७ जेठ । भन्सार विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव शोभाकान्त पौडेलले पाएका छन् ।
खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिइएको हो ।
भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै जेठयता विभाग नेतृत्वविहीन थियो । पौडेलसँग यसअघि आन्तरिक राजस्व विभागको महानिर्देशकका रुपमा काम गरेको अनुभव छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट सार्वजनिक गरेलगत्तै राजस्व संकलनको एक हिस्सा भन्सारमा अनुभवी प्रशासकलाई ल्याएका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


