काठमाडौं, १७ जेठ । नेकपा एकीकृत समाजवादी पार्टीले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दुर्व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेको छ ।

बुधबार पार्टी उपमहासचिव डा. गंगालाल तुलधारले एक वक्तव्य जारी गर्दै पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्नेमाथि कारबाहीको माग गरेका हुन् ।

‘जेठ १६ गते आयोजित एक कार्यक्रममा पार्टीका नेता खनालमाथि केही पुनरुत्थानवादीहरूका मतियार अराजक तत्वहरूले कार्यक्रमलाई बिथोल्ने नियतले हो हल्ला गर्ने, नाराबाजी गर्ने, तोडफोड गर्ने र अभद्र ढंगले दुर्व्यवहार र अपमानित गरेको घटनाप्रति पार्टी घोर भर्त्सना गर्दछ’, वक्तव्यमा उल्लेख गरिएको छ ।

मंगलबार खनालमाथि एक समूहले सार्वजनिक स्थलमै दुर्व्यवहार गरेको थियो ।