कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई

काठमाडौं, १७ जेठ । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बुधबार भारत भ्रमणमा गएपछि खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
दाहाल २० जेठमा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री स्वदेश नआउँदासम्म खड्काले दैनिक प्रशासनिक कामहरू गर्नेछन् ।
वर्तमान सरकारमा कांग्रेस उपसभापतिसमेत रहेका खड्का दोस्रो वरीयतामा छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


