जसपा नेपाल कोशी प्रदेश सरकारबाट बाहिरियो

विराटनगर, १७ जेठ । जनता समाजवादी पार्टी (जसपा)नेपाल कोशी प्रदेश सरकारबाट बाहिरिएको छ ।
जसपा प्रदेश समितिको बैठकले कोशी सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
बुधबार इटहरीमा बसेको बैठकले जसपाका तर्फबाट सरकारमा रहेकी स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएको छ । जसपा एमाले नेता हिक्मत कार्कीको नेतृत्वमा सरकारमा गत २५ पुसमा सहभागी भएको थियो ।
जसपाले सरकार छाड्ने निर्णयसँगै कार्की नेतृत्वको सरकार संकटमा पर्ने देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


