राष्ट्रपतिको कदम संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध : रास्वपा सभापति लामिछाने

काठमाडौं, १७ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति रामचन्द्र पौडेलको कदमलाई लोकतान्त्रितक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध रहेको जिकिर गरेको छ ।
रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा विरोध जनाएका हुन् ।
सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणिकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरित, लोकतान्त्रितक संसदीय मुल्य मान्यता र राष्ट्रहितविरूद्ध छ ।’
मन्त्रिपरिषद्को आग्रहअनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ६१ र ६६ बमोजिम बुधबार बिहान नागरिकता विधेयक प्रमाणीकरण गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


