ठगी आरोपमा हरिवनका मेयर बुढाथोकीका छोरा पक्राउ

सर्लाही, १७ जेठ । प्रहरीले ठगी आरोपमा सर्लाहीको हरिवन नगरपालिकाका नगर प्रमुख कमल बुढाथोकीका छोरालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा पठाईदिने भन्दै विभिन्न व्यक्तिसँग पैसा उठाएर ठगी गरेको भन्दै नगर प्रमुख बुढाथोकीका जेठा छोरा निरोज बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।
निरोजलाई उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंको टोलिले पक्राउ गरेको हो ।
बुढाथेकीले सर्बिया पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १२ लाख रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


