जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, १६ जेठ । धनुषा प्रहरीले जबरजस्ती करणी मुद्दामा ३ वर्ष कैद तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–७ वस्ने ५६ वर्षीय राजनारायण झा रहेका छन् ।
जबरजस्ती करणी मुद्दामा २०६१ जेठ २० गते धनुषा जिल्ला अदालतबाट ३ वर्ष कैद फैसला भएकोमा प्रतिवादी झालाई खोजतलाश गर्दै जाने क्रममा मंगलबार बिहान ११ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले झालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–२३ बसपार्कबाट पक्राउ गरेको डीएसपी गौतमले बताए ।
पक्राउ परेका झालाई धनुषा जिल्ला अदालतमा पेश गरी आजै कैद भुक्तानका लागी जलेश्वर कारागार महोत्तरी पठाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


