सिरहा, १६ जेठ । सिरहामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नवराजपुर गाउँपालिका–४ का ५५ वर्षीय छबिलप्रसाद साह रहेका छन् ।

जिल्लाको नवराजपुर गाउँपालिका–१ स्थित भगवतीपुर चोकमा स १० प ६३२० नम्बरको मोटरसाइकलको ठक्करबाट साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मोटरसाइकलको ठक्करबाट घाइते भएका पैदलयात्री साहको लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने मोटरसाइकलका चालक ३२ वर्षीय अरविन्द मण्डल प्रहरीको नियन्त्रणमा छन् ।