काठमाडौं, १६ जेठ । नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको ७२ वर्षको उमेर मंगलबार निधन भएको छ ।

रामेछापको साविक बेथान गाविसमा जन्मिएकी पाण्डेले सर्लाहीबाट राजनीति गर्दै आएकी थिइन् । उनी सर्लाही क्षेत्र नम्बर–२ बाट दुईपटक प्रत्यक्ष सांसद निर्वाचित भएकी थिइन् ।

अघिल्लो प्रतिनिधिसभामा पाण्डे समानुपातिक सांसद थिइन् । पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कार गरिने उनको पारिवारिक स्रोतले जनाएको छ ।