काठमाडौं, १६ जेठ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा लम्बिँदै गएको छ । उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतले मंगलबार फैसला गर्ने तय भएको थियो ।

तर, न्यायाधीश शंकर बहादुर राईको इजलासमा परेको सो मुद्दामा अन्तिम सुनुवाइका क्रममा पीडित पक्षका कानुन व्यवसायीले अन्तरिम क्षतिपूर्तिको निवेदन सम्बोधन नभएको बताएपछि मुद्दा लम्बिएको हो ।

न्यायाधीश राईले पीडितबाट अन्तरिम क्षतिपूर्तिको माग गरिएको निवेदन मिसिलमै राख्न आदेश दिएका छन् । अब उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि अर्को दिन पेसी तोकिने छ ।