माओवादी बैठकमा बजेट र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल

काठमाडौं, १६ जेठ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल भएको छ ।
सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा मंगलबार बसेको बैठकमा सांसदहरुले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण, सरकारद्वारा प्रस्तुत बजेट तथा सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानका बारेमा जिज्ञासा राखेका थिए ।
बैठकमा प्रधानमन्त्री एवं संसदीय दलका नेता दाहालले सरकारले संसदमा पेस गरेको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको, अहिलेको राष्ट्रिय आवश्यकता सम्बोधन गर्ने खालको रहेकाले बजेटको प्रतिरक्षा गरेर जानुपर्ने बताउनुभएको सांसद माधव सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रवर्द्धन तथा अनियमिताको अनुसन्धानमा सरकार स्पष्ट अडानका साथ जाने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


