रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौं, १६ जेठ । रेशम चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
टिकापुर हत्याकाण्डमा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् ।
तीनवटै तहका अदातलबाट दोषी ठहर भएका चौधरीलाई आममाफी दिएको भन्दै उनले पेस गरेको रिट मंगलबार दर्ता भएको हो । सर्वाेच्चले दुई दिनको अध्ययनपछि रिट दर्ता गरेको हो ।
सरकारले चौधरीलाई आममाफी दिने तयारी गरेपछि शारदाले रिट पेस गरेकी थिइन् । उनको रिट दर्ता नहुँदै चौधरी आममाफी पाएर जेलमुक्त भइसकेका छन् ।
उक्त रिटको पेसी बुधबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


