धनुषामा इनारमा डुबेर एकजनाको मृत्यु

जनकपुरधाम, १६ जेठ । धनुषामा इनारमा डुबेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको मिथिला नगरपालिका–७ ढल्केवरका ३५ वर्षीय घुरण यादव रहेको प्रहरीले जनाएको छ ।
आफ्नो घर नजिकैको इनारभित्र मोटरपम्प जडान गर्ने क्रममा सन्तुलन बिग्रेर यादव इनारमा खसेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईका अनुसार इनारमा खसेर गम्भीर घाइते भएका यादवको उपचारको क्रममा लालगढस्थित मोडेल अस्पतालमा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


