महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकबाट दिनदहाडै बन्दुक देखाएर ३८ लाख रुपैयाँ लुटियो

जनकपुरधाम, १६ जेठ । महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाका कर्मचारी र ग्राहकलाई बन्धक बनाएर ३८ लाख रुपैयाँ लुटपाट गरिएको छ ।
एनएमबि बैंकको सो शाखाबाट मंगलबार अपराह्न साढे १२ बजेको समयमा ३८ लाख रुपैयाँ लुटपाट भएको हो ।
प्रहरीका अनुसार चारजनाको समूहमा आएका लुटेराहरुले बैंकबाट सो रकम लुटेर लगेका हुन् । सीसीटिभीमा देखिएको फुटेजमा लुटेराहरु चारैैजना हातमा बन्दुक लिएका छन् ।
उनीहरुले बैंकमा रहेका ग्राहक र कर्मचारीमाथि फिल्मीशैलीमा बन्दुक देखाएर सबैलाई बन्धक बनाई रकम लिएर फरार भएको महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए ।
सीसीटिभीमा चारजना लुटेराहरु देखिएपनि लुटपाटमा अन्यहरुको पनि संलग्नता हुन सक्ने प्रहरीले जनाएको छ ।
घटनाबारे विस्तृत आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


