काठमाडौं, १५ जेठ । सरकारले वृद्धभत्ता नबढाउने भएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशरण महतले वृद्धभत्ता नबढाइएको जानकारी गराएका हुन् । तर, ६८ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्तालाई भने निरन्तरता दिएको उनले बताए ।

सरकारले बजेट भाषणमार्फत ज्येष्ठ नागरिकको सुरक्षा र हक अधिकारको रक्षाका लागि आवश्यक बजेटको व्यवस्था गरेको छ ।