काठमाडौं, १५ जेठ । सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ ।

संसदमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले पर्यटन दशक घोषणा गर्दै २०२३ मा १० लाख पुर्याउने घोषणा गरे ।

‘नेपाल घुमौँ, नेपाल चिनौँ’ अभियान यस वर्ष चलाइने भएको छ । अन्तर प्रदेश हवाई सेवालाई प्राथमिकता दिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताए ।

यस्तै उनले ताप्लेजुङदेखि ग्रेट हिमालयन ट्रेल निर्माणलाई तीब्रता दिने बताए । पोखरा–मुस्ताङ पदमार्ग निर्माणलाई तीब्रता दिइने उनले पनि बताए ।