काठमाडौं, १५ जेठ । सरकारले विभिन्न ३६ प्रकारका वस्तु निर्यातमा प्रदान गरिँदै आएको नगद अनुदानलाई निरन्तरता दिन ९० करोड रकम विनियोजन गरिएको छ ।

संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्यातमा प्रदान गरिने नगद अनुदानलाई तीन महिनामा भुक्तानी हुने व्यवस्था मिलाइएको बताएका हुन् ।