काठमाडौं, १५ जेठ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी ५ अर्ब ९४ करोड रूपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि उक्त रकम छुट्याइएको जानकारी दिएका हुन् ।

श्रम बजारको माग अनुसारको सीप युक्त जनशक्ति निर्माण गरिने गर्ने नीति लिइने उनले बताए ।