काठमाडौं, १५ जेठ । सरकारले सामुदायिक वन र संरक्षित क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने भएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि बजेट प्रस्तुतगर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षण गुरुयोजना कार्यान्वयन गर्ने बताए ।

यस अन्तर्गत जल र जमिन संरक्षण गर्न बाँस रोपण, पोखरी संरक्षण, पहिरो नियन्त्रण, लगायतका कार्यक्रम सञ्चालन गर्ने पनि उनले बताए ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका लागि १ अर्ब ५ करोड विनियोजन भएको छ ।

उनले भने, ‘राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत संघ, प्रदेश र स्थानीय तहको सहभागितामा चुरे संरक्षण गुरुयोजना कार्यान्वयन गरिनेछ ।’