गणतन्त्र दिवसको अवसरमा रौतहटबाट १० जना कैदी बन्दी रिहा

रौतहट, १५ जेठ । गणतन्त्र दिवसको अवसरमा रौतहटबाट १० जना कैदी बन्दी रिहा भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा कैद सजाय माफीको घोषणा गरे अनुसार रौतहट कारागारमा बन्दी जीवन बिताइरहेका १० जना कैदी रिहा भएका हुन् ।
रिहा हुनेहरूमा डाँका मुद्दामा कैदी जीवन बिताईरहेका सर्लाही धनकौल–७ का मदन साह भन्ने रामप्रवेश साह, डाँका मुद्दाका कैदी रामनगर–४ सर्लाहीका हृदय बैठा भन्ने हरिदेव बैठा, सवारी अङ्गभङ्ग मुद्दाका कमलामाई–९ सिन्धुलीका कुल बहादुर कार्की लगायत रहेको जेलर मणिभूषण साहले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


