आर्थिक वर्ष २०८०/८१ को बजेट पारित

काठमाडौं, १५ जेठ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पारित गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले बजेट पारित गरेको हो ।
अर्थमन्त्री प्रकाशशरण महतले सरकारले पारित गरेको बजेट आजै बस्ने राष्ट्रिय सभा तथा प्रतिनिधि सभाको संयुक्त बैठकमा प्रस्तुत गर्नेछन् ।
जेठ १५ गते बजेट ल्याउनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्था छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालको जेठ १७ देखि २० गतेसम्म हुने भारत भ्रमणको टोली निर्माण गरेको बताइन् ।
टोलीमा प्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री प्रकाशशरण महत र उद्योगमन्त्री रमेश रिजाल सहभागी हुने उनले बताइन् । मन्त्रिपरिषद्बाट प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत भएको उनले जानकारी दिइन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


