काठमाडौं, १५ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद विन्दबासिनी कंसाकारले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सोमबार उनले सभामुख देवराज घिमिरेबाट शपथ लिएकी हुन् । सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ कार्यक्रम आयोजना गरिएको थियो ।

अडियो टेप प्रकरणका कारण रास्वपा सांसद डा. ढाकाकुमार श्रेष्ठलाई रास्वपाले पदमुक्त गरेपछि उनको स्थानमा कंसाकारलाई सांसद बनाइएकी हुन् ।