जनकपुरधाम, १५ जेठ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रत्नेश शशीले नक्कली रमानापत्र बनाएको पाइएको छ ।

लामो समयसम्म गयल भएपछि मधेस प्रदेश सरकारले खोजविन गर्दा यस्तो तथ्य फेला परेको हो ।

जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा जान लालायित रहेका उपसचिव शशीलाई कारवाही गर्न मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पत्र काटेको छ ।

मन्त्रालयका उपसचिव शशीले जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयमा सरुवाका लागि आफैंले गुपचुपरुपमा रमाना–पत्रमा सहीछाप गरी करिब दुई सातासम्म गयल भएको पत्रमा भनिएको छ ।

उपसचिव शशीले मन्त्रालयमा विनाजानकारी विभिन्न मितिमा अनुपस्थित रहँदै आएको हुँदा मन्त्रालयको ०७९ भदौ २८ को निर्णयानुसार निजामती सेवा ऐन अनुसार १३ दिनको गयलकट्टीसहित कारवाहीका लागि उपमहानगरलाई पत्राचार गरिएको मन्त्रालयका सचिव डा.नम्रता सिंहले बताइन् ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (२) बमोजिम मिति २०७९।०४।२६ देखि २०७१।०५।०९ गतेसम्म जम्मा १३ दिन हाजिरी गयलकट्टी गरिएको र अब आइन्दा यस्तो कार्य या आवरण देवानीसहितको जानकारी गराइएको छ ।

यसकासाथै शशीले आफ्नो रवानामा आफैंले सहि छाप गरेको र उपरोक्त विवरण उल्लेख नगरेको हुँदा सो रमाना आधिकारिक नभएको तथा उनको गयलकट्टी भएको अवधिको रेकर्ड कायम गरि आवश्यक कारवाहीको माग गरिएको छ ।