काठमाडौं, १४ जेठ । नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको १९औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

१९ बुँदे घोषणापत्र जारी गर्दै आइतबार प्रेस सेन्टर नेपालको साधारण सभा सम्पन्न भएको हो ।

घोषणापत्रमार्फत प्रेस सेन्टरले लोककल्यणकारी विज्ञापन छापा, टेलिभिजन, रेडियो र अनलाइन सञ्चार मध्यम समावेश गर्न पटक पटक आग्रह गरिए पनि सुनुवाइ नभएको भन्दै ध्यानाकर्षण गराएको छ ।

यसैगरी सरकारले बजेट मार्फत सम्बोधन गरेको लोककल्याणकारी विज्ञापन तत्काल उपलब्ध गराउन आग्रह गरिएको छ ।

दुर्घटना बिमा र स्वास्थ्य बिमा अनिवार्य लागु गरी देशभरका अस्पतालमा पत्रकार र पत्रकारका तीनजनाको परिवारलाई निःशुल्क उपचार गर्न माग गरिएको छ ।

पत्रकार शुद्धीकरणमा नेतृत्व गर्दै आएकाले त्यसमा प्रतिबद्ध भएर सहयोग गर्ने पनि प्रेस सेन्टरले जनाएको छ ।