काठमाडौं, १४ जेठ । जनता समाजवादी पार्टी नेपालको विधान अधिवेशन पुनः सरेको छ ।

आइतबार बसेको कार्यकारिणी समितिको बैठकले असार ९ गतेका लागि तोकिएको विधान अधिवेशनलाई १० गतेका लागि सारेको हो ।

सभा हलको व्यवस्थापन मिलाउनुपर्ने भएकाले विधान अधिवेशन एक दिनका लागि सारिएको जसपाका प्रवक्ता मनिष सुमनले बताए । योसँगै जसपाको विधान अधिवेशन तेस्रो पटक सरेको हो ।

आइतबारको बैठकले संशोधन विधान मस्यौदा पारित गर्दै त्यसलाई राजनीतिक समितिमा पठाएको छ । राजनीति समिति र केन्द्रीय समितिको बैठक असार ९ गते बस्ने जनाइएको छ ।

विधान मस्यौदालाई राजनीतिक र केन्द्रीय समितिबाट पारित गरी अधिवेशनमा लगिने जसपा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले बताए ।