काठमाडौं, १४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले १६औँ गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित ५०१ जना कैदीलाई आममाफी दिएका छन् ।

राष्ट्रपति पौडेलले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीसहित ५०१ जनाको कैद माफ गरेका हुन् ।

जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद बैठकको सिफारिसमा उनीहरुलाई आममाफी दिइएको हो ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै टोपबहादुर बुढालगायत उनीहरूलाई आममाफी दिएको जानकारी दिएकी हुन् ।