समग्र जनता र देशलाई केन्द्रित गरेर बजेट आउँछ : अर्थमन्त्री महत

काठमाडौं, १४ जेठ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछाडि परेका क्षेत्र, समूह, वर्गलाई लक्षित गरेर सरकारको आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन् ।
आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।
सरकारले सोमबार आगामी आर्थिक वर्षको बजेट संसदमा पेस गर्दैछ । अर्थमन्त्री महतले बजेट समग्र जनता र देशलाई केन्द्रित गरेर आउने बताए । बजेट कार्यान्वयनमा पनि सरकारले विशेष जोड दिने उनको भनाई छ ।
कार्यान्वयनलाई नै महत्व दिएर बजेट आउने र त्यसैलाई मध्यनजर राखेर सरकार अघि बढ्ने अर्थमन्त्री महतले बताए । उनले बजेट जतिसुकै राम्रा भएपनि कार्यान्वयनमा नगए त्यसको कुनै अर्थ नहुने भएकाले सरकारले बजेट कार्यान्वयनको पक्षमा जोड दिने बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


